Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राजिलमा कारभित्र शारीरिक सम्बन्ध राखेकी १५ बर्षीय किशोरीको हृदयघातबाट मृत्यु


    बिहिबार, साउन २१ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । १५ बर्षकी एक युवतीको कारभित्र बूढो पुरुषसंग यौन सम्बन्ध राख्दा हृदयघातबाट मृत्यु भएको छ । ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टोको कारभित्र यौनसम्पर्क गर्दा अगस्ट १ मा मृत्यु भएको हो । 

    प्रहरीले उनको रहस्यमय मृत्यु भएको भन्दै अनुसन्धान गरिरहेको छ ।

    द सनमा प्रकाशित रिपोर्टअनुसार ब्राजिलको क्युबाताओ सहरबाट उनलाई अचेत र गुप्तांगबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए । ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरु उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला भए ।

    ब्राजिलमा यौन सहमतिको कानूनी उमेर १४ रहेको छ। समाचारका अनुसार डाक्टरहरुले ती किशोरीलाई कार्डियाक अरेस्ट भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् ।

    पुलिसले अब पोस्टमार्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ । अस्पतालका नर्सहरुले किशोरीको शरीरमा हिंसाको कुनै चिन्ह नभएको बताएका छन् ।

    तर, पुलिसले उनको मृत्युलाई शंकास्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अपराधको अभियोगमा मुद्दा चलाइने देखिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार