Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • गोंगबुबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित तीन जना पक्राउ


    बुधबार, साउन २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीले महाराजगञ्जबाट बुधबार साँझ पेस्तोल र पाँच राउन्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विविन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगर छन् । 

    उनीहरू गोंगबुस्थित बिजी मलको पछाडि वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेन्टमा लुकिछिपी बसिरहेका थिए ।

    झोला जाँच गर्ने क्रममा उनीहरूको साथबाट पेस्तोल, पाँच राउन्ड गोली र दुई थान कुखुरी फेला परेको वृत्तका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए ।

    उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार