काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफू राजनीतिमा आउन सक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले क्रिकेट व्यवस्थापनमा सफल भएमा आफू राजनीतिमा आउन सक्ने बताएका हुन् ।
पहिलो आफ्नो प्राथमिकता क्रिकेटको क्षेत्र नै रहने बताएका उनले राम्रो अवसर आएमा राजनीतिमा पनि लाग्ने जानकारी दिए ।
उनको राजीनामा नेपाल क्रिकेट संघको नेतृत्वले चाहनासँग जोडेर हेरेका बेला पारसले अब आफ्ना करियर सुरु भएको र यो चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए ।
सबैलाई आश्चर्यचकित पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले क्रिकेट एकेडेमी खोलेर मुलुकभर पुर्याउने योजना रहेको जानकारी दिए ।