Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • सामाजिक सुरक्षा भत्ता वितरणमा लफडा, वडा अध्यक्षद्वारा स्थानीयमाथि निर्घात कुटपिट


    बुधबार, साउन २० २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट। जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष धनबहादुर नेपालीले स्थानीय एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन्। 

    वडाध्यक्ष नेपालीले कार्यालय परिसरमै स्थानीय सर्पे नेपालीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

    कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको समयमा मदिरा सेवन गरी आएका स्थानीय नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेकाले नियन्त्रण लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।

    यस्तै, घटनाबारे पुष्टि गर्दै प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा लिने क्रममा सो घटना घटेको बताएको छ।  यद्यपि घटना साउन १५ गते दिउँसोको भए पनि हालसम्म कुनै पक्षबाट उजुरी नआएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार