बाँके। कोभिड-१९ संक्रमणका कारण भेरी अस्पताल, नेपालगञ्जमा उपचाररत एक युवकको मृत्यु भएको छ।
पीसीआर रिपोर्ट पोजेटिभ आएकै दिन अस्पतालमा भर्ना भएका बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय युवकको भोलिपल्टै अर्थात् आज बिहान मृत्यु भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार साउन १९ गते बागेश्वरी ल्याबमा पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।
विगत तीन दिनदेखि बाँकेमा लगातार एक/एक जनाको मृत्यु भइरहेको छ। बाँकेमा अहिलेसम्म ३ सय ८० जनाको मृत्यु भइसकेको छ।