Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने राज्यमन्त्री श्रेष्ठकाे प्रतिवद्धता


    मंगलबार, साउन १९ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् ।

    होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् ।

    हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ ।

    अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन विस्तारै चलायमान हुन थालेकाले यस क्षेत्रमा संलग्न पर्यटन व्यवसायीतथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार