Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३,३८३ जना कोरोना संक्रमित थपिंदा, २४ जनाको मृत्यु


    मंगलबार, साउन १९ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । जसमध्ये ९ हजार ९२२ जनाको मृत्यु भएको छ भने ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर रहेका सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६८६ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार