काठमाडाैं । प्रहरी प्रधान कार्यालयले गत शनिबार सञ्चालन गरेको यून प्रि स्याट परीक्षाको प्रश्नपत्र आउट भएको आशंकामा छानबिन सुरु गरेकाे छ ।
शान्ति मिसनमा जानका लागि लिइने परीक्षाकाे प्रश्नपत्र बनाउने प्रहरीले आफ्ना साथीलाई चुहाएको आशंकामा प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा छानबिन सुरु गरेकाे हाे ।
प्रि स्याटमा उत्तिर्ण भएकाहरु यूएनका प्रतिनिधि समेतले लिने स्याट परीक्षामा सहभागी हुन पाउँछन् । परीक्षामा प्रश्न उठेपछि डिआइजीको नेतृत्वमा छानबिन सुरु भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।