Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १८ जनाका लागि जिल्ला न्यायाधीशमा जागिर खुल्यो, यस्ता छन् आवश्यक न्यूनतम योग्यताहरु


    मंगलबार, साउन १९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । न्याय सेवा आयोगले १८ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ । 

    न्याय सेवाले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त माग गरेको हो। 

    सूचनाका अनुसार जिल्ला न्यायाधीशका लागि आवश्यक न्यूनतम योग्यता संविधानमा तोकिएबमोजिम हुनेछ भने नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड ‘ख’ र ‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ । 

    यस्तै, सूचनामा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिनुपर्ने छ । दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ। 

    nyaya-sewa-aayog-1.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार