Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा हेलिकप्टर दुर्घटना, चारको मृत्यु


    मंगलबार, साउन १९ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

    स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ । कोलुसा  जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ ।  

    यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार