Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूएनएफपीएद्वारा करिब १ करोड १९ लाख मूल्य बराबरकाे अक्सिजन सिलिण्डर सहयोग


    सोमबार, साउन १८ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

    यूएनएफपीएका अनुसार नेपाललाई हस्तान्तरण गरिएको अक्सिजन सिलिण्डर करिब १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मूल्य बराबरको रहेको छ ।

    नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार