काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले नै घटेको हो ।
आइतबार प्रतितोला ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ८५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।