Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ-बुर्तिवाङ जाँदै गरेको यात्रुबाहक बसमा ब्रेक फेल, १९ जना घाइते


    सोमबार, साउन १८ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बागलुङ। जिल्लामा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । 

    मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । 

    घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । 

    सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार