काठमाडाैं । कर्णाली नदीमा आइतबार डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएका छन् ।
डुंगा सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर पल्टिएकाे हाे ।
४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ । शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ ।
यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकिमा पठाईएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए ।
कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए ।
उनका अनुसार बेपत्ता भएका व्यक्तिहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी छ ।