Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धितोपत्र बोर्डका अध्यक्षलाई तत्काल निलम्बन गर्न कर्मचारी युनियनकाे माग


    आइतबार, साउन १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्मचारी युनियन संघले नेपाल धितोपत्र बोर्डको अध्यक्षलाई तत्काल निलम्बन गरी कारवाही गर्न माग गरेको छ । 

    युनियनले आइतबार विज्ञप्ति जारी गर्दै बोर्डका अध्यक्षकै हैसियतमा भीष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न माग गरेको हो । 

    विज्ञप्तिमा भनिएको छ ‘धितोपत्र ऐन २०६३ को प्रस्तावनामै उल्लेख गरिएअनुसार पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मूल मर्मअनुसार बोर्डको नेतृत्व एवं सञ्चालकहरूले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहँदैन । बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्धप्रतिष्ठ अध्यक्ष तथा सञ्चालकका रूपमा गम्भीर विचलन हो।’

    यस्तै युनियनले अर्थ मन्त्रालयले कुनै व्यक्तिलाई नतोकेर सिंगै संस्थाकाे नाममा तीन दिनभित्र धितोपत्र बोर्डलाई मिडियामा आएका विषयमा स्पष्टीकरण दिन भनी पठाएकाे पत्रप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    sebon photo.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार