Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वेस्ट इन्डिजविरुद्दको टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको रोमान्चक जित


    आइतबार, साउन १७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।

    गुएनामा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले हराएको हो । जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

    पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो ।

    वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शहिन साह, अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले एक एक विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । मोहमद रिजवानले ४६ रन जोडे । यससँगै रिजवानले एकै वर्षमा धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

    रिजवानले सन् २०२१ मा ७५२ रन जोडेर आयरल्यान्डका पाउनल स्ट्रलिङ्गको कीर्तिमान तोडेका हुन् । स्ट्रलिङ्गले २०१९ मा ७४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट तथा ड्वाने ब्राभोले दुई विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार