Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुइन काट्ने भारतीय एसएसबीको चौतर्फी बिरोधः घटनाको छानबिन गर्न वाइसिएलको माग


    शनिबार, साउन १६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(माओवादी केन्द्र) को भातृ संगठन वाइसिएल नेपालले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । 

     महाकाली नदीमा तुइनबाट यात्रा गर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति वाइसिएलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

    जयसिंह धामी तुइन तर्दै गर्दा भारतीय एसएसबीका दुई जनाले डोरी काटिदिएका थिए । तुइनको डोरी काटिएपछि धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।

    वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पाले आज जारी गर्नुभएको विज्ञप्तिमा मृतक धामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र आफन्तमा गहिरो समवेदना प्रकट गरेको छ । उक्त घटनाको छानबिन गरी कूटनीतिकस्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति तथा राहतका लागि वाइसिएलले सरकारसँग माग गरेको छ । 

    धामी नदी पार गरिरहेको अवस्थामा भारतीय एसएसबीबाट तुइनको डोरी काटिंदिंदा उनको महाकाली नदीमा डुबेर मृत्यु भएको थियो । जुन घटनाको चौतर्फी बिरोध भएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार