Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस नेता निधि, कोइराला र सिंहबीच भेटवार्ता


    शनिबार, साउन १६ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ। कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिएका नेताहरुको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् ।

    उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भने जस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार