Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३,१०६ जना संक्रमित थपिँदा २३ जनाको मृत्यु, १,९१६ जना डिस्चार्ज


    शनिबार, साउन १६ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ९१६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा १३ हजार ५१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,२८० र एन्टिजेन विधिबाट ८२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ९५ हजार ३८९ जना र एन्टिजेन विधिबाट ६१ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।  नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८५७ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

    हालसम्म देशभर ३६ लाख ०३ हजार ४६५ नमुनाको पीसीआर परीक्षण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार