काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गरेका छन् । यसअघिका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई गौतमबुद्ध विमानस्थलमै स्वागत गर्न पुगेका र पदभार कार्यक्रममा मुख्यमन्त्रीसहितका मन्त्रीहरु पुगेका थिए । तर शेरचनलाई स्वागत गर्न प्रदेश सरकारका कुनै पनि मन्त्री गएनन् । पदभार कार्यक्रम पनि मुख्यमन्त्री शंकर पोखरेलले बहिस्कार गरेका छन् । पदभार कार्यक्रममा कुनै पनि मन्त्रीसम्म नपठाएर मुख्यमन्त्री पोखरेलले राजनीतिक संस्कार समेत देखाएनन् ।
यसअघिका प्रदेश प्रमुखको पदभार मात्र होइन, बिदाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलदेखि मन्त्री र सचिवालयका कर्मचारीसम्म सहभागी थिए । र, फोटोसेसन गरी बिदाई गरिएको थियो । अविश्वास प्रस्तावको सामना नै नगरी मुख्यमन्त्री नियुक्ति गरी भर्याङमा सपथ गराएका प्रदेश प्रमुख यादवको स्वागत र बिदाइमा आफैं सशरीर सहभागी भएका पोखरेलले शेरचनको पदभारमा मन्त्रीसमेत पठाएनन् । यादवभन्दा अघिका प्रदेश प्रमुख उमाकान्त झाको बिदाईमा कानुन मन्त्री त उपस्थित थिए, तर शेरचनको पदभार कार्यक्रममा प्रदेश सरकारका मन्त्रीसमेत देखिएनन् ।

पूर्व प्रदेश प्रमुख यादवको बिदाइ कार्यक्रममा मुख्यमन्त्री पोखरेल
शुक्रबार प्रदेश प्रमुख शेरचनको पदभार कार्यक्रममा पोखरेलले देखाएको संस्कारहीनताले उनको कद नै होचो बनाएको टिप्पणी भएको थियो ।
मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा छ । उनको सरकारमा सहभागी जसपाका तीन मन्त्रीलाई पार्टीले निस्कासन गरिसकेको छ । ती सांसद निस्कासित नहुँदा पनि पोखरेलको सरकार अल्पमतमा छ । उनलाई दाङकै प्रदेससभा सदस्य विमला ओलीदेखि अमर डाँगीसम्मले छाडिसकेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend