काठमाडौं । मोटरसाइकलमा सवार पूर्व युवराज पारस शाहलाई हेल्मेट लगाउन आग्रह गर्दा उनले उल्टै प्रहरीमाथि नै दुब्र्यवहार गरेका छन् ।
शुक्रबार साँझ महाराजगञ्जमा विनाहेलमेट मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर उनले गल्ती स्वीकार गर्नु त कता हो कता उल्टै प्रहरीलाई दुव्र्यवहार गरेका थिए । प्रहरीले हेलमेट बिना उनलाई जान नदिने अडान लिएपछि शाहका सहयोगीले हेलमेट ल्याएका थिए । हेल्मेट ल्याएपछि प्रहरीले उनलाई जान दिएको थियो ।
राजाको शासन हुँदा पारस शाहले अनेक उदण्डता प्रदर्शन गरेका थिए । गणतन्त्र आएपछि पनि उनले अनेक तमासा देखाउँदैआएका छन् । स्वदेशमा मात्र नभएर विदेशमा समेत शाहले असामान्य हर्कत देखाइसकेका छन् । राजाको शासनकालमा उनले गायक प्रवीण गुरुङलाई गाडीले ठेक्काएपछि उनको निधन भएको थियो । ठमेलमा पनि उनले मदिरा सेवन गरी धेरै पटक प्रहरीलाई दुःख दिएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend