Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुम्बिनी प्रदेशकाे जसपाका तीन सांसद पदमुक्त


    शुक्रबार, साउन १५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

    सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै पदमुक्त गरेको जानकारी दिएका हुन् ।

    जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

    तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नाे पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए । 

    ११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ 

    सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

    उनीहरुले सांसद पद थमौतीका लागि दिएको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

    jasapa-3-samsadlai-karabahi.jpg

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार