Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगकाे निर्णयविरुद्ध महन्थ ठाकुर फेरि सर्वोच्च पुगे


    शुक्रबार, साउन १५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

    यसअघि जसपामा रहेको विवादको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च पुगेका ठाकुर शुक्रबार भने आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन् ।

    ठाकुरले आयोगको प्रक्रिया रोक्न माग गर्दै अघिल्लो पटक दिएको रिटको पेशी शुक्रबारका लागि तोकिएको थियो । अब उक्त रिट र आज दायर गरेको रिटको एकसाथ सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

    ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यादव पक्षलाई आधिकारिकता दिने आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।

    ‘निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकोले सुबिधा सन्तुलनको दृष्टिबाटसमेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार