Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रावलकाे खबरदारी: मुलुकको सार्वभौकिता र अखण्डतामा असर गर्ने एमसीसी सम्झौता पारित नगर्नु


    शुक्रबार, साउन १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद भीमर रावलले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता (कम्प्याक्ट) पारित नगर्न खबरदारी गरेका छन् । 

    आज प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद रावलले सरकारले एमसीसी पारित गर्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    एमसीसी सम्झौतामात्रै संसदमा पेस गरेको र यससँग सम्बन्धित् अन्य पत्र समावेश नगरिएको भन्दै उनले उक्त सम्झौताले मुलुकको सार्वभौमिकतामा असर नगर्ने र बौद्धिक सम्पत्तिमा पनि हानी हुने दाबी गरेका छन् । 

    एसमीसीबारे अमेरिकी मन्त्री र राजदूतहरुको अभिव्यक्तिले पनि एमसीसी अनुदान नभएर लगानी रहेको प्रस्टीएको भन्दै उनले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने जिकीर गरे । 

    जनतालाई भ्रममा पार्ने र मुलुकको सार्वभौकिता र अखण्डतामा असर गर्ने सम्झौता गरियो भने राष्ट्रघात हुने उनको भनाइ छ । एमसीसी सम्झौताका सबै पत्र संसदमा पेश गर्न उनले चुनौती दिए । 

    सुरुवातदेखि नै एमसीसी पारित गर्न नहुने भन्दै आएका उनले शुक्रबार पनि संसदबाट सोही दलील पेश गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार