शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा रिटको पेसी तोकिए पनि रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।
पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टाेपबहादुर रायमाझी, प्रभु साह र गाैरीशंकर चाैधरीले सांसद पदमा पुनर्बहालीकाे माग राख्दै बुधबार सर्वाेच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए ।
आफूहरु एमालेमा प्रवेश नगरेकाेले माओवादी केन्द्रमै रहेकाे उनीहरुकाे जिकिर छ ।
एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीकाे साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए ।