Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    शुक्रबार, साउन १५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चालु हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ ।

    शुक्रबार छापावाला सुन प्रतितोलामा ५ सय बढेर ९२ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार छापावाला सुन प्रतितोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, बिहीबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुन शुक्रबार पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार