Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • महन्थ ठाकुरद्वारा दायर रिटमाथि सुनुवाइ जारी, सर्वाेच्चले जोगाइदेला उनको राजनीति ?


    शुक्रबार, साउन १५ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धमा दायर रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।  

    निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि प्रक्रिया रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    साेहि रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ शुरू भएकाे हाे । 

    यदी सर्वाेच्च अदालतले महन्थ पक्षमा फैसला गरेमा उनको राजनीतिक भविष्य के होला भन्ने आम चासो छ । जसपाको आधिकारिकता पाएसँगै यादव समूहले महन्थ समूहमाथि कारबाही गरिसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार