Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरको भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ


    शुक्रबार, साउन १५ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ ।

    कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए ।

    कोरोना पोजिटिभ देखिएका कैदीलाई कारगारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ । साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताए ।

    कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएका छ । भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार