Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रियाशील सदस्यता विवाद हल गर्न देउवा, पौडेल र सिटौलाको संयुक्त बैठक बस्दै


    शुक्रबार, साउन १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैंं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ ।

    पार्टीको क्रियाशील सदस्यता विवाद विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बैठक बस्ने लागेका हुन् ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बस्ने भएकाे छ ।

    उनकाअनुसार बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालगायत नेता सहभागी हुनेछन् । कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ । यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ ।

    विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ । अधिवेशनका लागि अर्को मिति तोकिएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार