काठमाडाैं । सिसीएमसी निर्देशक समितिको बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो ।
संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लाग्दा यस बैठकलाई महत्त्व साथ हेरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन् ।