Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिनहुँ संक्रमित बढेपछि सीसीएमसीको बैठक बस्दै, आंशिक निषेधाज्ञाको तयारी !


    शुक्रबार, साउन १५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्ने भएको छ। 

    पछिल्लो समय दिनहुँ कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न सीसीएमसीको बैठक बस्न लागेको हो। 

    बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

    सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुनेछ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए भने १६ जनाको मृत्यु थियो। 

    यस्तै, आजको बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदम (आवश्यक परेमा आंशिक निषेधाज्ञा)बारे समेत छलफल हुने जनाइएको छ। 

    यता, दैनिक जसो संक्रमितहरु संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर  भरिन थालेकाे र तेस्रो लहरको खतरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार