काठमाडौं। जापानको टोकियोमा जारी ओलम्पिक खेलमा सहभागी सबै नेपाली खेलाडी बाहिरिएका छन्।
आज (शुक्रबार) बिहान भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्।
चौधरीले महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरेपनि अघिल्लो चरण पुग्न असफल रहिन्।
सरस्वती आफ्नो हिटमा ९ जनामा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ती मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्।
यसअघि पौडीका एलेक्जेन्डर शाह (एलेक्स), गौरिका सिंह, र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका थिए ।