Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोकियो ओलम्पिक : १५ स्वर्णसहित चीन शीर्ष स्थानमा फर्कियो, यस्तो छ अन्य देशको स्थान (सूची)


    शुक्रबार, साउन १५ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) जारी छ। छैटौं दिनको खेलहरु सकिँदा चीन पदक तालिकाको शीर्षस्थानमा फर्किएको छ। शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा झरेको थियो।

    चीनले बिहीबार ३ स्वर्ण जित्दै शीर्षस्थानमा पूनरागमन गरेको हो। समान १५ स्वर्ण नै जितेपनि जापान अन्य पदकमा पछि परी दोस्रो स्थानमा झरेको छ चीनले बिहीबारसम्म १५ स्वर्ण, ७ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ।

    जापानले १५ स्वर्ण, ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ। १४ स्वर्ण, १४ रजत र १० कास्यगरी कुल ३८ पदक जितेको अमेरिका तेस्रो स्थानमा यथावत रहेको छ। रसियन खेलाडीको टोली (आरओसीं) ८ स्वर्ण, ११ रजत र १९ कास्यसहित २८ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ।

    बुधबारसम्म ३ स्वर्ण जितेको अष्ट्रेलियाले बिहीबार थप ५ स्वर्ण जित्दै पाँचौ स्थानमा छ। अष्ट्रेलियाले ८ स्वर्ण, २ रजत र १० कास्यगरी कुल २० पदक हात पारेको छ। इंग्ल्यान्ड ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी कुल १८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ४ स्वर्ण ३ रजत र ५ कास्यगरी कुल १२ पदक हात पार्दै सातौ स्थानमा रहेको छ।

    फ्रान्स, जर्मनी र इटाली शीर्ष १० मा रहेका छन्। ३ स्वर्ण, ५ रजत र ३ कास्यगरी कुल ११ पदक जित्दै फ्रान्सले एक स्थान सुधार गर्दा जर्मनी एक स्थान तल झरेको छ। जर्मनीले ३ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल १३ पदक जितेको छ। इटाली २ स्वर्ण, ७ रजत र १० कास्यगरी कुल १९ पदक जित्दै शीर्या १० मा उक्लिएको छ। नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले समान २ स्वर्ण जितेका छन्।

    ब्राजिल, स्वीट्जरल्यान्ड, रोमानिया, चाइनिज ताइपेइ, चेक रिपब्लिक, न्युजिल्यान्ड, जर्जिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लात्भिया, नर्वे, फिलिपिन्स, स्लोभेनिया र थाइल्यान्डले समान १ स्वर्ण जितेका छन्। टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ३४ राष्ट्रले स्वर्ण जित्दा ६६ राष्ट्रले पदक जित्न सफल भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार