कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् ।
मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।
‘पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, ‘पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।’
नेकपा एमाले केन्द्रीय सचिवसमेत रहनुभएका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।
यस्तै, कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend