Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज साउन १५ गते शुक्रबारको राशिफल


    शुक्रबार, साउन १५ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला। कुटुम्बको सहयोग पनि मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार