काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अति नै विश्वास गरेका महामन्त्री पूर्णबहादुर खड्काले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरेकोमा बिरोध गर्दै सामाजिक संजालबाट बिरोध गरेपछि उनलाई अप्ठेरो परेको छ । प्रधानमन्त्री देउवाको गुटभित्रै महामन्त्री खड्काले सरकारको निर्णयको बिरोध गरेकोमा आलोचना सुरु भएको छ ।
प्रधानमन्त्रीले विश्वास गरेर सरकार संचालनसम्बन्धी कार्यदलको संयोजकमा राखेका खड्काले साउन ११ गते स्व.कृष्णप्रसाद भट्टराई आश्रम बाडेगाउँमा पुगेर श्रेष्ठको नियुक्तिको सार्वजनिक रुपमा आलोचना गर्दै सामाजिक संजालमा माफी मागेका थिए । भट्टराईको शालिकमा माल्यार्पण गर्दै गरेको तस्वीर राखेर उनले सामाजिक संजालमा गण्डकी सरकारमा दोबाटे विकलाई मन्त्री बनाउने भनेर नबनाएको बिषय र संघीय सरकारमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरिएकोमा बिरोध गरेका थिए । देउवाले विमलेन्द्र निधिले साथ छाडेपछि खड्कालाई अति नै विश्वास गरी सरकार र पार्टीको सबै बिषयमा साथसाथै लिएर हिंडेका छन् ।
सरकार संचालन कार्यदलको संयोजक बनाइएका खड्काले नै बिरोध गरेको बिषयमा गुटभित्रैबाट खड्काको बिरोध भएको छ । विश्वासपात्रले नै राज्यमन्त्री नियुक्तिको बिरोध गरेको भोलिपल्टै प्रधानमन्त्री देउवाले साउन १२ गते बोलाएको कांग्रेस पदाधिकारी बैठक अगाडि करिब १ घन्टा १५ मिनेट महामन्त्री खड्कालाई सम्झाउनुपरेको थियो । खड्काले देउवासँग अब आइन्दा यस्तो नगर्ने बाचाबन्धन गरी माफी मागी गरेका थिए ।
खड्कालाई देउवाले अति विश्वास गरे पनि बेला बेलामा उनी अस्थिर हुने गरेको आरोप छ । सुशील कोइराला पार्टी सभापति हुँदा देउवाको कोटाबाट सहमहामन्त्री भएका खड्काले सोध्दै नसोधी राजीनामा हिंडेका थिए । जसका कारण देउवालाई त्यतिबेला अप्ठेरो परेको थियो ।
२०७२ मा संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई गालीगलौज गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेको बिषयमा पनि उनी पार्टीभित्रै आलोचित भएका थिए । र, खड्काको द्वैध चरित्रका कारण देउवा समूहका नेताहरु रुष्ट छन् । देउवा गुटका नेताहरु खड्का जस्ता अस्थिर प्रवृत्तिकाा ब्यक्तिलाई साथ लिएर नहिंड्न देउवालाई खबरदारी पनि गरिरहेका छन् । प्रधानमन्त्रीले गरेको निर्णयको सर्बत्र बिरोध भइरहेको छ । यस्तो अवस्थामा बचाउमा उत्रिनुपर्नेमा उल्टै सस्तो लोकप्रियताका लागि आफैंले बिरोध गर्दै सामाजिक संजालमा पोष्ट गर्ने खड्काले मनोनीत महामन्त्री पदमा किन बसेको ? राजीनामा किन नदिएको भन्ने प्रश्न समेत प्रधानमन्त्री देउवाको समूहमा उठेको छ ।
उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउन देउवामाथि पारिवारिक दबाब परेको उनैले सत्ता गठबन्धनका नेताहरुसँग गरिसकेका छन् । विपक्षी दलदेखि नागरिक समाजबाट पनि श्रेष्ठको नियुक्तिको बिरोध भइरहेको छ । यस्तो बेलामा देउवाकै विश्वासपात्र खड्काले बिरोध गरेर आगोमा घ्यू थप्ने काम गरेका छन् ।
खड्काले किसुनजीलाई साक्षी राखी पार्टीको गलत निर्णय गरेकोमा माफी मागेका थिए । उनले सामाजिक संजालमा लेखेका थिए–गण्डकी प्रदेश सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवं आम नागरिकप्रको कर्तब्य पालना गर्न र आशा जागृत गर्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै पनि काम नगर्ने संकल्प समय छँदै गर्न जरुरी छ ।
हामीबीचबाट जस जसका कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले महामन्त्रीको आम नागरिक र सम्बन्धित सबैसँग क्षमायाचना गर्दछु ।’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend