Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा
    • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सांसदहरुकाे सुझाव


    Basu Dev Paudel
    बिहिबार, साउन १४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 1.4K
  • सेयर
  • काठमाडाैं । सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् ।

    राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् ।

    सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद बिना श्रेष्ठले राज्यका हरेक संरचनामा ५० प्रतिशत महिलाको सहभागितालाई कानूनी रुपमा सुनिश्चित गर्नुपर्छ भने ।

    सांसद गोपी अछामीले राजनीतिक दलको मानसिकताकै कारण स्थानीय तहको निर्वाचनको उपप्रमुख पदमा महिला मात्रै उम्मेदवार बनाउने गरिएको बताउँदै त्यसलाई संशोधन गरी कानूनमै सुधार गर्नुपर्ने धारणा राखे ।

    सांसद उदया शर्मा पौडेलले जनसङ्ख्याको हिसाबले महिला मतदाताको सङ्ख्या घट्दै गएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए । अधिकारकर्मी डा रेणु राजभण्डारीले देशभित्रै रहेका घरेलु महिला विभिन्न कारणले मतदान गर्नबाट वन्चित भएको बताउँदै उनीहरुको मताअधिकार सुनिश्चित् हुनुपर्ने माग गरीन् ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जनाकारी दिए । उनले कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना सुनाए ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    • मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ: प्रधानमन्त्री वालेन

      मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ: प्रधानमन्त्री वालेन

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...

    • ‘सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो’: सभामुख अर्याल

      ‘सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो’: सभामुख अर्याल

      काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...

    • मोटरसाइकल भिरबाट खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु

      मोटरसाइकल भिरबाट खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु

      काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...

    • कर्णाली याक्सबिरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

      कर्णाली याक्सबिरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

      काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...

    • ‘संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ’: केपी ओली

      ‘संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ’: केपी ओली

      काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...

    ताजा समाचार
    • सरकारी कामकाज र सार्वजनिक अभिलेखमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ’: सभामुख अर्याल

    • मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ: प्रधानमन्त्री वालेन

    • रुकुम पश्चिममा जिप ब्याक गर्ने क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

    • चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौं

    • ‘सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो’: सभामुख अर्याल

    • मोटरसाइकल भिरबाट खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    • सशस्त्र प्रहरी महिला संघको तीन दिने देउसीभैलो, बीओपीदेखि गुल्म र गणपतिलाई दान जुटाउनै गाह्रो

    • कर्णाली याक्सबिरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

    • एनपीएल: कर्णाली याक्सविरुद्ध सामराले बनाए अर्धशतक

    • सुर्खेतबाट साढे १२ लाख नगदसहित ५५ जना जुवाडे पक्राउ

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend