Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बिहिबार, साउन १४ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  बुधबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै बढेको हो । 

    बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार