Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण


    बिहिबार, साउन १४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालयले इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डला स्पष्टीकरण सोधेको छ । 

    धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगानाले १२ हजार कित्ता सेयर किनेको भेटिए पछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो ।

    सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट नेपालमै पहिलो पटक सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।

    अमेरिका बस्ने अध्यक्ष ढुंगानाको छोरीको नाममा बुक बिल्डिङ प्रणालीमार्फत जारी हुन लागेको कम्पनीको सेयर किन्नु कानूनी र नैतिक हिसाबले अनैतिक देखिएपछि स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।

    मूल्यमा प्रभावित गराउनको लागि सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्षको छोरीलाई गोल्डन सेयर दिएर प्रभावित बनाउन खोजेको देखिन्छ ।

    अध्यक्ष ढुंगानाले भने आफ्नो छोरीले कानून अनुसार सेयर किनेको हुँदा यसलाई समाचार बनाउनुपर्ने इस्यु नभएको बताएका छन् । 

    मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार