Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिमण्डल विस्तारका लागि प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


    बिहिबार, साउन १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा  एक घण्टा भेटवार्ता भएको हो ।

    देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए तर हालसम्म  पनि  गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो ।

    बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।जवाफमा दुवै नेताले आफ्नातर्फबाट मन्त्री हुने नेताको नाम दिने बताएका थिए ।

    सोही अनुसार प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ । यसअघि देउवा नेतृत्वको सरकारमा माओवादीका जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा गैसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार