Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च गुहारेका पूर्वमाओवादी नेताको रिटको सुनुवाइ आज, फैसला के होला ?


    बिहिबार, साउन १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले प्रवेश गरेको चार महिनापछि ‘हामी एमाले होइनौं, माओवादी नै हौं’ हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा दायर गरेको  रिटको आज सुनुवाइ हुँदैछ। 

    गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो। 

    नेकपा माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका उनीहरुले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए। 

    उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

    यस्तो थियो सर्वोच्चमा नेता रायमाझीले दायर गरेको रिट :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार