Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बूढानीलकण्ठमा कांग्रेस बैठक आज पनि, महाधिवेशन केन्द्रित बिषयमा छलफल हुने


    बिहिबार, साउन १४ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ । 

    बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

    प्रवाकता शर्माका अनुसर बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ।

    यस्तै आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। 

    यसअघि मंगलबार पार्टी सभापति देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउन भन्दै समितिलाई आज दिउँसो सम्मको समय उपलव्ध गराइएको उनको भनाइ छ। 

    यसअघि बुधबार पनि देउवा निवास बुढानीलकण्ठमा करिब ४ घन्टा छलफल चलेको थियो। बैठकमा विशेष महाधिवेशनको विषयसमेत उठेको छ। आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने जनाइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार