Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्र ताकेका उपेन्द्र यादवलाई थपियो तनाब, कित्ता परिवर्तन गर्नेले दिए मन्त्री बनाउन दबाब


    बिहिबार, साउन १४ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए। 

    मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो। बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए। समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताए। ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो। यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले भने।

    स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ। मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ। मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन्। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए। उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ।

    स्रोतका अनुसार, ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका प्रमोद साहलाई ‘मन्त्री बनाउँछु’ भन्ने आश्वास अध्यक्ष यादव स्वयंले दिएका छन्। त्यसैले प्रमोदलाई मन्त्री बनाउन यादवलाई दबाब परेको छ। रेणुका गुरुङ मन्त्री हुनका लाागि कित्ता परिवर्तन गरेकी छन्। ओली सरकारमा पनि रेणुका मन्त्री भएकी थिइन्। फेरि मन्त्री हुन पाइन्छ कि भन्ने गुरुङलाई ठूलो आशा छ। मन्त्री हुनको लागि अमृता अग्रहरिले पनि कित्ता परिवर्तन गरेकी छन्। उनलाई पनि मन्त्री बनाउने आश्वासन यादवपक्षीय नेताहरूले दिएका छन्। पाएमा राज्यमन्त्री खान पाइन्छ कि भन्ने आशा लीला सिटौललाई छ। सिटौलाले सुरुदेखि नै यादवलाई साथ दिएकी छन्। डा. सूर्यनाराण यादव र सुरेन्द्र यादवले पनि मन्त्री हुनका लागि विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन्। 

    ओली प्रधानमन्त्री भएको बेला सुरेन्द्र सरकारबाट हटाइएका थिए।  सरकारमा अध्यक्ष यादव आफैँ सहभागी हुने कि नहुने भन्ने पनि टुंगो नलागेको कार्यकारिणी सदस्य रमेश यादवले बताए। ‘केही कार्यकारिणी सदस्यहरूले अहिलेको सरकार चुनावी सरकार भएकोले अध्यक्ष आफैं सरकरमा जानुपर्छ भन्ने सुझाव आएको छ,’ यादवले भने, ‘तर, केहीको सुझाव यसपटक अध्यक्ष सरकारमा जानुहुन्न  भन्ने रह्यो।’ नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार