Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआईजी श्रेष्ठ पदमुक्त, सर्बोच्च अदालतद्वारा अन्तरिम आदेश खारेज


    बुधबार, साउन १३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट पुनर्वहाली भएका सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन् ।

    बुधवारकाे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि श्रेष्ठले पदमुक्त भएका हुन् । 

    डीआईजीको चार वर्षे कार्य अवधिका कारण श्रेष्ठ गत असार ९ गते अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियामवली अनुसार सशस्त्र प्रहरी नायव महानिरीक्षकको उमेर हद ५६ वर्ष नपुगेको र ३० वर्षे सेवाअवधि ननाघेको अवस्थामा एक वर्ष सेवा अवधि थप गर्न सक्ने व्यवस्था छ ।

    यसै व्यवस्थाकाे अाधारमा श्रेष्ठ डीआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै अदालत गएका थिए ।

    उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो । पुनर्वहाली भएको एक साता नपुग्दै उनी पदमुक्त भएका छन् । सो मुद्दालाई अग्राधिकार दिन समेत आदेश जारी भएको छ ।

     

    227134304_10208729064741912_4039115547796177120_n.jpg220170599_10208729065181923_312069317763096496_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार