Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३,८४० जना कोरोना संक्रम्रित थपिंदा ३३ जनाको मृत्यु


    बुधबार, साउन १३ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

    यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो । 

    मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या  ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १,९९३ जना डिस्चार्ज भएका छन् । 

    बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार