Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौरिका सिंहले टोकियो ओलपम्पिकमा तोडिन आफ्नै कीर्तिमान


    बुधबार, साउन १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै आफ्नै कीर्तिमान तोडेकी छन् ।

    उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

    बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा निर्धारित दूरी १ः ००ः ११ मा पूरा गर्दै उनले २०१९ मा आफैले बनाएको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । उनी पहिलो हिटमा तेस्रो स्थान रहेकी छन् ।

    २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार