गुल्मी । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु भएकाहरूकाे सनाखत हुन सकेको छैन ।
दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन ल्याइँदैछ ।
दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
।