Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युद्ध सङ्ग्रहालय उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्: सिन्धुलीगढीको इतिहास नेपाली सुरता र वीरताको परिचय हाे


    बुधबार, साउन १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुलीगढी । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालय सम्पन्न भएसँगै आज राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्ग्रहालयको उद्घाटन गरेकी छन् । 

    सङ्ग्रहालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सिन्धुलीगढीको इतिहास नेपाली सुरता र वीरताको परिचय रहेको बताएकी छन् ।

    संग्रहालय नागरिक र सेनाको सम्बन्धको उत्कृष्ट नमूना रहेको बताउँदै उनले अनुसन्धानकर्ता, विद्यार्थी, स्वदेशी र विदेशीका लागि पर्यटकीय स्थल रहेकाले आथिर्क लाभ पनि लिन सक्ने बताएकी छन् ।

    सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तक राखिएको छ ।

    नेपाल एकीकरणका क्रममा विसं १८२४ अशोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् । 

    सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार