Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले बोलाए गठबन्धनको बैठक, मन्त्रीको भागबण्डा टुंग्याइदै


    बुधबार, साउन १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्षीय गठबन्धनको बैठक बोलाएका छन् । 

    मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन्। 

    बैठक बुधबार (आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    प्रवक्ता श्रेष्ठ अनुसार बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने छ। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए।

    त्यसपछि गत आइतबर प्रधानमन्त्री देउवाले कांग्रेसकै सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। जसको चर्को आलोचना हुँदै आएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार