Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज साउन १३ गते बुधवारको राशिफल


    बुधबार, साउन १३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्नका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

    आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    .आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

    आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आज आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

    प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    धार्मिक र सेवा भाव बढ्ने योग छ । आज नयाँ कमको थालनी हुनेछ । शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

    आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
    – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार